केपी ओली कप फूटबलमा आयोजक केपी ओली एफसीको विजयी सुरुवात

केपी ओली कप फूटबलमा आयोजक केपी ओली एफसीको विजयी सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केपी ओली कप फूटबल च्याम्पियनशिपको दोस्रो संस्करणमा आयोजक टीम केपी ओली एफसीले विजयी सुरुवात गरेको छ ।

नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली एफसीले चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गरेको छ ।

केपी ओली एफसीका लागि जय गुरुङले २ र फोडे फोफानाले १ गोल गरेका छन् । खेलको ५८औं मिनेटमा रोहन कार्कीको पासमा फोडे फोफानाले वान बाई वानमा गोल गर्दै केपी ओली एफसीलाई अग्रता दिलाएका थिए । पहिलो गोलको १० मिनेटपछि फोडेकै पासमा जय गुरुङले गोल गरेका थिए ।

खेलको ७९औं मिनेटमा चन्दन दासको कर्नरमा पुनः जय गुरुङले हेडरमार्फत व्यक्तिगत दोस्रो र टीमका लागि तेस्रो गोल गरेका थिए ।

शहीद स्मारक लिग विजेता चर्च ब्वाइज युनाइटेडले मौका बनाए पनि गोल गर्न असफल भएको छ ।

१० टीम सहभागी प्रतियोगिताको दोस्रो खेल आईतबार न्युरोड टीम (एनआरटी) र थ्रीस्टार क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १९ गते दशरथ रंगशालामा हुने जनाइएको छ ।