काठमाण्डु – विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यूएईविरुद्ध खेल्नका लागि २८ सदस्यीय नेपाली फूटबल टोलीको घोषणा गरिएको छ ।
नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रारम्भिक चरणमा २८ सदस्यीय खेलाडीको घोषणा गरेका छन् ।
टोलीको गोलरक्षकमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् । रक्षापंक्तिमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छन् ।
मध्यपंक्तिमा भरत खवास, लकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् । अग्रपंक्तिमा अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् ।
नेपाल र यूएईबीचको खेल जेठ २४ गते दशरथ रंगशालामा हुने तय भएकोमा रंगशालाको मापदण्ड नपुगेको भन्दै एएफसी (एसियन फूटबल महासंघ) ले खेल न्युट्रल भेन्युमा गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया