युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै

युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै


काठमाण्डु- जारी युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदखि शुरु हुदैछ ।

इङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

इ ङल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म २७ खेल भएको छ । जसमा ईङल्याण्डले १९ खेल जितेको छ भने स्वीजरल्याण्डले ३ खेल मात्र जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो । त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । स्वीजरल्याण्डको युरोकपमा उत्कृष्ट प्रदर्शन २०२० र यहि युरोकपमा क्वाटरफाइनलसम्म पुग्नु नै रहेको छ ।

१९९६ मा पहिलो पटक युरोकप खेलेको स्वीजरल्याण्ड अहिलेसम्म ६ पटक युरोकप खेलेको छ ।