भोलि बिहान कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्दै

भोलि बिहान कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा भिड्दै


काठमाण्डु- जारी कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेल भोलि बिहान हुदैँछ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुदै छ । यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुदैँछ ।

पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

क्यानडा समुह चरणमा अर्जेन्टिनासंग एकै समुहमा रहेको छ । समुह चरणको खेलमा क्यानडा अर्जेन्टिनासँग २-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिना ३७औं पटक कोपा अमेरिकाको सेमिफाइनल खेलिरहेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिना सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । अर्जेन्टिना र उरुग्वे दुवैले १५-१५ पटक कोपाको उपाधि जितेका छन् । अर्जेन्टिना र क्यानडाबीच अहिलेसम्म केवल दुई खेल मात्र भएका छन् । जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ ।