फ्रेन्च लिगमा पीएसजीको लगातार दोस्रो जित

फ्रेन्च लिगमा पीएसजीको लगातार दोस्रो जित


एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित हासिल गरेको छ ।

ट्रोएसमाथि २–१ को जित हासिल गरेको पीएसजीले शनिबार राति भएको खेलमा स्ट्रासवर्गमाथि ४–२ को सहज जित निकाल्दै लिग वानमा लगातार दोस्रो जित निकालेको हो ।

पिएसजीका लागि इकार्डीले तेस्रो मिनेटमा गोल गर्दा एमबाप्पेले २५, ड्राक्सलरले २७ र साराबियाले ८६ मिनेटमा गोल गरेका थिए । स्ट्रार्सवर्गका लागि जमेरियाले ५३ र एजोर्क्युले ६४ मिनेटमा गोल गरे ।

उसका जिकु ८१ मिनेटमा दोस्रो पहेँलो कार्ड पाँउदै मैदान छाड्न बाध्य भएका थिए । स्टार खेलाडी लिओनल मेसी मैदानमा उपस्थित भए पनि उनले खेल खेलेनन् ।

मेसीसँगै यो सिजन पिएसजीमा आबद्ध भएका सर्जियो रामोस, गोलकिपर डोन्नारुम्मा, विज्नाल्डम र अर्चफ हाकिमी पनि मैदानमा उपस्थित भएका थिए ।