ओली नेतृत्वको सरकारमा सहभागी हुने समाजवादी फोरमको निर्णय

ओली नेतृत्वको सरकारमा सहभागी हुने समाजवादी फोरमको निर्णय


काठमाडौं– संघीय समाजवादी फोरमले सरकारमा जाने निर्णय गरेको छ । फोरमको मंगलवार विहान बसेको पदाधिकारीको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसंग भएको वार्ताको विषयमा फोरम अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी बैठकमा ब्रिफिङ गरेका थिए । सरकार संविधान संशोधन गर्न सहमत भए आजै फोरम सरकारमा सहभागी हुने श्रेष्ठले बताए ।

मओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसंग फोरमले प्रदेश सीमासम्बन्धी लगायतका संविधानका केही व्यवस्थामा संशोधन गरे सरकारमा सहभागी हुने बताउदै आएको थियो । फोरमले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाउनुपर्ने दाबी समेत गर्दै आएको थियो ।

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार आजै फोरमसंगको बैठकपछि वाम गठवन्धन र फोरबीच तीन बुदे सहमतीमा हस्ताक्षर हुने कार्यक्रम छ । फोरमसंगको वार्ता मिलेपछि बुधवार मन्त्रिपरिषदको विस्तार गर्ने सरकारको तयारी छ ।