तातोपानी नाका अब छिट्टै खुल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

तातोपानी नाका अब छिट्टै खुल्छ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं – नेकपाका नेता एंवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले तातोपानी नाका खुलाउन छिटोभन्दा छिटो चीनसंग पहल गर्ने बताएका छन् ।

राष्ट्रिय व्यापार संघको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री ज्ञावलीलले २०७२ मा गएको भूकम्पका कारण बन्द भएको उक्त नाका सञ्चालनमा ल्याउने गरी चीन सरकारसँग पहल गर्ने बताएका हुन् ।

मन्त्री ज्ञवालीले चीनसंगको व्यापार व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउने विषयमा सरकार गम्भिर रहेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका समयमा यस विषयलाई पनि प्रमुखताका साथ उठाउने बताए । चीन नेपालको मुख्य व्यापारीक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीहरुलाई सहज रुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्ने बताए ।

भेटमा मन्त्री ज्ञवालीले अहिले रसुवा जिल्लाका वासिन्दाहरुका लागि मात्र प्रवेश पास दिँदै आएको चीनसंग अब देशै भरका व्यवासायीहरुलाई एक दिने पासकोलागि व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनसंगको व्यापार व्यवसाय रसुवाको केरुङ्गबाट गर्दै आएका व्यवसायीहरुलाई चीन प्रवेश पास दिइएको छैन ।

चीन प्रवेशका लागि चालक र पैदलयात्री रसुवाकै वासीन्दा हुनुपर्ने व्यवस्थाको अन्तगर्दै सवै चालक र व्यवसायिहरुलाई चीन नाका केरुङ्ग प्रवेशको व्यवस्था मिलाउने मन्त्री ज्ञवालीले बताए । केरुङ्गनाकाको वाटो साँघुरो रहेको भन्दै मन्त्री ज्ञवालीले बाटोको स्तरउन्नती गरी सहजरुपमा सवारी साधान सञ्चालनको व्यवस्था मिलाउने बताए ।