पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभाको हातबाट लगाए भाइटिका 

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभाको हातबाट लगाए भाइटिका 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले  भाइटिका लगाएका छन् । उनले बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट भाइटीका लगाएका हुन् । 

टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पुर्व राजा शाहले ९ बजेर ५१ मिनेटमा भाइटीका लगाएका हुन्। पुर्व राजा शाह टिका लगाउन बहिनी शोभाको कमलादीस्थित शोभा गृह पुगेका थिए । उनले ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाएको उनको निजी सचिवालयले जनाएको छ । 

टीका ग्रहणपछि पूर्वराजा शाहले सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मुलुकमा शान्ति र अमनचयनको कामना गरेका छन् ।