परराष्ट्रमन्त्रीले भने -निर्मला हत्या प्रकरणका दोषी पानीमुनि भए पनि छाड्दैनौं

परराष्ट्रमन्त्रीले भने -निर्मला हत्या प्रकरणका दोषी पानीमुनि भए पनि छाड्दैनौं


गुल्मी – आइतवार गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्मला पन्त हत्या प्रकरणका अपराधी पानीमुनि लुकेकै भए पनि नछाड्ने बताएका छन् ।

मन्त्री ज्ञवालीले यस्तो मानवीय संवेदना माथि राजनीति नर्गन समेत सुझाए । ‘हरेक क्षेत्रमा भ्रष्टचार छ,’ मन्त्री ज्ञवालीले भने, ‘त्यस्ता भ्रष्ट कुृन पार्टीका सदस्य हो भनिने छैन, निर्मम ढंगले प्रस्तुत भइने छ ।’ विकास र समृद्धिको यात्रामा कोही सत्ता पक्ष र प्रतिपक्ष नहुने बताए ।

सरकार गठन भएको ८ महिनामा संविधान कार्यन्वयन भएको र दुई छिमेकी मुलुकसंग नयां शिराबाट सम्बन्ध सुधार भएको उनले बताए । ‘अन्य मुलुकसंग पनि नेपाल र नेपालीको शीर उचो पार्ने गरी सम्वन्ध सुधार गर्दै विकास र समृद्धिको जग खडा भएको छ, मन्त्री ज्ञवालीले  भने ।