समता घरेलु लघुवित्तको एफपीओ निष्कासन, कति कित्ता किन्न पाइन्छ ?

समता घरेलु लघुवित्तको एफपीओ निष्कासन, कति कित्ता किन्न पाइन्छ ?


काठमाण्डु–समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर जारी गरेको हो ।

साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पुँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्नुपर्ने भएकाले एफपीओ जारी गरेको हो ।

एफपीओमा लगानीकर्ताले आजदेखि कात्तिक २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र पूर्ण आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म लम्बिने लघुवित्तले जनाएको छ ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । हाल ५६ करोड ४० लाख रुपियाँ रहेको लघुवित्तको चुक्ता पुँजी एफपीओ निष्काशन पश्चात् ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।