काठमाण्डु–फ्रान्कोइस बायरो फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ प्रधानमन्त्री चयन गरेका हुन् ।
मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री थिए। फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् ।
फ्रान्सको राजनीति नजिकबाट बुझ्नुका ७३ वर्षीय बायरोले मेयरका रुपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए । दक्षिण पश्चिमी फ्रान्सबाट निर्वाचित हुने गरेका बायरो आफूलाई गाउँको मान्छे भनेर चिनाउन मन पराउन्छन् ।
यो सँगै बेरोउ यसै वर्ष फ्रान्समा प्रधानमन्त्री बन्ने चौथो नेता बनेका हुन्। यसअघि इलिजाबेथ बोर्न, ग्याब्रियल अत्तल र मिशेल बार्नियर तीन नेता यही वर्ष प्रधानमन्त्री बनिसकेका छन्।
पूर्वप्रधानमन्त्री बार्नियरलाई तीन महिनामै पदबाट हटाइएको थियो। गत हप्ता अविश्वासको प्रस्ताव ल्याएपछि दक्षिणपन्थी बार्नियरले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो।
मध्यमार्गीय मोडेम पार्टीका प्रमुख ७३ वर्षीय बेरोउ दक्षिण–पश्चिम फ्रान्सका प्रमुख नेतामध्ये एक हुन्। उनी यसअघि फ्रान्सको शिक्षामन्त्री र दक्षिणपश्चिमी शहर पाउको मेयर पनि भइसकेका छन्। सन् २०१७ मा म्याक्रोनको विजयपछि बेरोउ उनको नजिकका सहयोगी बनेका थिए। प्रधानमन्त्रीका रूपमा आफ्नो नाम घोषणा गर्नुअघि उनले इमानुएल म्याक्रोनसँग भेट गरेका थिए। यो भेट करिब दुई घण्टा चलेको थियो।
प्रतिक्रिया