उपरथीमा पदोन्नति भएका केसीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथीमा पदोन्नति भएका केसीलाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली सेनाको उपरथीमा पदोन्नति भएका सहायक रथी किरण केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले शुक्रबार जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नति भएसँगै उनी निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति भएका मोहनचन्द्र गुरुङ र सरोजकुमार अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।