सेनाको सलामीसहित राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

सेनाको सलामीसहित राष्ट्रकवि घिमिरेको अन्त्येष्टि


काठमाण्डु – राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि गरिएको छ । १०१ वर्षका उमेरमा सोमबार साँझ ५ः५५ बजे आफ्नै निवास काठमाण्डुको लैनचौरमा निधन भएका राष्ट्रकवि घिमिरेका राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

पशुपतिको आर्यघाटमा गरिएको अन्त्येष्टिमा घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । घिमिरेको पार्थीव शरीरमा छोराहरुले दागबत्ती दिएर अन्तिम बिदाई गरेका थिए ।  स्व. घिमिरेका श्रीमती, दुई छोरा र ६ छोरी छन् ।