जीन्युजको दाबी -भारतविरोधी समाचार फैलाउन नेपाली मिडियाको प्रयोग

जीन्युजको दाबी -भारतविरोधी समाचार फैलाउन नेपाली मिडियाको प्रयोग


एजेन्सी – भारतीय जी न्युज अनलाइन पोर्टलले नेपाली सञ्चारमाध्यमहरुमा भारतविरोधी समाचार फैलाउन चीनले सहयोग गरिरहेको दावी गरेका छन् । जी न्युजले नेपालका केही पत्रकार र सञ्चारमाध्यमहरुले यसका लागि विदेशी दाताहरुबाट उल्लेख्य रकम लिइरहेको बताएको छ ।

समाचारमा उक्त मिडिया संस्थानहरुलाई युट्युब तथा काठमामाडौंका केबलको माध्यमबाट भारत विरोधी समाचार तयार पार्नका लागि उल्लेख्य पैसा खर्च भइरहेको बताइएको छ । भारतविरोधी सामग्रीहरु प्रसारको लागि काठमाडौं र काभ्रेजिल्लाका केबल अपरेटरहरुको सहयोग लिइरहेको आरोप समेत लगाइएको छ ।

यी केबल अपरेटर्सहरुले प्रत्येक महिना ७ लाख रुपैयाँ पाउनेछन् । त्यसका साथै भारतविरोधी लेखका लागि प्रत्येक महिना २ लाख रुपैयाँ दिइने गरिएको बताइएको छ । त्यसका साथै मिडियाहरुलाई चीनको सकारात्मक समाचार बनाउनका लागि निर्देशन दिइएको छ ।

भारतविरोधी समाचार तयार पार्नका लागि नेपाली मिडियाको ५ टोली बनाइएको र त्यसमा प्रत्येक टोलीलाई महिनाको २ देखि ५ लाखरुपैयाँसम्मको रकम विदेशबाट आउने गरेको समाचारमा उल्लेख गरिएको छ । उक्त मिडियाहलाई नेपाल र चीनको बीचमा राम्रो समाचार देखाउनका लागि निर्देशन दिइएको छ । यसको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्ध थप राम्रो बन्नसक्ने बताइएको छ ।

लामो समयदेखि भारतसँगको राम्रो सम्बन्ध बिगार्नका लागि पछिल्लो केही महिनादेखि यस किसिमको रकम आउन थालेको बताइएको छ । पछिल्लो समय नेपालमा सडक तथा रेलका योजनाहरुको माध्यमबाट आफ्नो प्रभाव बढाउने दिशामा रहेको छ भने चिनियाँ कम्पनीहरु नेपालमा लगानी बढाउने ध्याउन्नमा रहेका छन् ।