काठमाण्डु – स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ ।
काठमाण्डुबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाण्डु महानगरपालिकाले जनाएको छ ।
स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रतिक्रिया