छलफल गरेकै आधारमा कांग्रेस पार्टीबाट छाडेर जानुपर्दैन : महामन्त्री थापा

छलफल गरेकै आधारमा कांग्रेस पार्टीबाट छाडेर जानुपर्दैन : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा कांग्रेस पार्टीबाट छाडेर जानु नपर्ने बताएका छन् ।

मकवानपुरमा मंगलबार भएको कार्यक्रममा थापाले भने, ‘हाम्रो पार्टीभित्र बहस हुन्छ । अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा पार्टीबाट छाडेर पनि जानुपर्दैन तर फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरा मात्र गर्न हुन्न ।’

उनले महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी नगर्न आग्रह गर्दै प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्ने भएकाले ढुक्क हुन आग्रह गरे ।

पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको बताउँदै उनले १५औं महाधिवेशन आनन्दसँग गरिने उद्घोष गरे । ‘पार्टीका मञ्चहरू र केन्द्रीय समितिमा २०८४ सालको चुनाव र १५औं महाधिवेशनबारे कुरा गर्छौं, १५औं महाधिवेशन हुन्छ, रूवाबासी नगरौं । प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ ।’

महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको उनले बताए । ‘को नेतृत्वमा आउने कुरा समयमा सोचौंला । अहिले २०८१ मा छौं, काम गर्ने हो, २०८४ को चुनावको चिन्ता गर्ने होइन ।’