काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन कुमार थापाले अहिले सर्वसाधारणमा बिचौलियाले गभर्नर बनाउँछन् कि भन्ने चिन्ता रहेको बताएका छन् ।
शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘आर्थिक परिसंवाद’मा थापाले अहिले राजनीतिक दलभन्दा पनि निश्चित बिचौलियाले गभर्नर बनाउँलान् कि भन्ने चिन्ता रहेको बताए ।
‘अहिले गभर्नर नियुक्तिको चर्चा चलेको छ । भोलि–पर्सि नै नियुक्त पनि होला । तर राजनीतिक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पहिले–पहिले फलानो पार्टीले राम्रो क्याडिडेट ल्यायो भन्ने हुन्थ्यो, अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो ।’
प्रतिक्रिया