काठमाण्डु – सर्वाेच्च अदालतले विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाममा आदेश जारी गरेको छ ।
मंगलबार सर्वाेच्चका कायममुकायम प्रधानन्यायाधीश सपनाप्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापालाई अदालतको अवहेलनामा कारवाही किन नगर्ने भनी ७ दिनभित्र जवाफ पेश गर्न आदेश गरेको छ ।
अदालतमा विचाराधीन मुद्दाको विषयमा अभिव्यक्ति दिएपछि अधिवक्ता अनन्तराज लुइँटेलले महामन्त्री थापालाई विपक्षी बनाएर अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।


प्रतिक्रिया