कांग्रेस नेता गगन थापामाथी बम प्रहार गरेको अभियोगमा १६ जना पक्राउ

कांग्रेस नेता गगन थापामाथी बम प्रहार गरेको अभियोगमा १६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापामाथी बम प्रहार गर्ने पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुककाअनुसार बम विस्फोटमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

‘हामीले बम विस्फोटमा संलग्नहरुलाई पक्राउ गरिसकेका छौ, घटनाको बारेमा थप अनुसन्धान गरीसकेपछि मात्र विश्तृत बिवरण आउछ ।’  काठमाडौं प्रहरी प्रमुख एसएसपी धानुकले काठमाडौंपाटीसंग भने ।

 

 

नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभाका उम्मेदवार समेत रहेका थापामाथी चपलीमा घरदैलो कार्यक्रम सकेर कोणसभालाई सम्बाधेन गर्न जाने क्रममा बम प्रहार भएको थियो ।

 

 

बम प्रहारबाट थापासहित ११ जना कांग्रेस कार्यकर्ता घाईते भएका छन् । थापालाई बमको  छर्रा लागेको छ ।  पुर्व स्वास्थ्यमन्त्री समेत रहेका सहित अन्य घाईतेहरुको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । बम विस्फोटमा परी दुई जना गम्भिर घाईते भएका छन् ।

 

 

 

कांग्रेस नेता थापाले आफु जुलसमा छिटो हिडेकाले मुस्किलले बाचेको प्रतिक्रिया दिए ।

 

 

सरकारले निर्वाचन सुरक्षा चुस्त रहेको दाबी गरीरहेका बेला मुलुकका विभिन्न स्थानमा उम्मेदवार लक्षित बम आक्रमणका घटना बढेर गएका छन्।