काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आगामी १५औं महाधिवेशन २०८४ को आमचुनाव अघि नै हुने बताएका छन् ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा महामन्त्री थापाले २०८४ को स्थानीय तह र आम चुनाव अघि नै १५ औं महाधिवेशन हुने बताए ।
‘संविधानमै एउटा महाअधिवेशन र अर्को महाअधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले २०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्छ’, उनले भने ।
थापाले भने, ‘२०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको महाअधिवेशन नगरिकन पाइँदै पाइँदैन । त्यो भन्दा पहिले पार्टीको महाअधिवेशन गर्नैपर्छ ।’ उनले महाअधिवेशनबाट आएको नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्ने बताए ।
केही नेताहरूको भनाइले महाअधिवेशन चुनाव पछि जान्छ कि भन्ने लागेको भए पनि त्यसमा विश्वास नगर्न उनले आग्रह गरे ।
प्रतिक्रिया