काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस सरकारको विकल्पमा नरहेको स्पष्ट पारेका छन् ।
थापाले सरकारको विकल्प नखोजिएको स्पष्ट पार्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताए ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘पार्टी सरकारमा छ । जस्तो पर्फम गर्नुपर्ने हो गर्न सकेको छैन । त्यसले सिर्जना गरेको असन्तुष्टि छ ।’
उनले अहिले पनि कांग्रेसको नेता कुनै ठाउँमा उभिँदा जनताले भरोसा गर्नुपर्ने अवस्था देखिनुपर्नेमा त्यस्तो नभएको बताए ।
‘कांग्रेसले देशलाई भरोसा दिन सक्छ कि सक्दैन ः जे जति गुनासा छन् सम्हाल्छौं भनेर भन्न सक्नुपर्छ । कांग्रेसको नेता उभिँदा जनताले भरोसा गर्नुपर्छ,’ उनले भने ।
उनले सरकारको गति ठिक नभएको तर विकल्प भने नखोजिएको बताए । ‘सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ । गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन’, थापाले भने ।
महामन्त्री थापाले नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको टिप्पणी गरे । ‘‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई अंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ ।’
कांग्रेस–एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको स्मरण गराउँदै उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए ।
सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताउँदै उनले खबरदारीको गर्नुपरेको बताए । तर, यसको अर्थ राजनीतिक विकल्प खोज्ने भन्ने नभएको उनको भनाइ छ ।
प्रतिक्रिया