एमालेले पाँच वर्षमा काठमाण्डुमा के-के गर्‍यो जवाफ दिनुपर्छ : गगन थापा

एमालेले पाँच वर्षमा काठमाण्डुमा के-के गर्‍यो जवाफ दिनुपर्छ : गगन थापा


काठमाण्डु – कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाण्डुमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाण्डु महानगरपालिकाको जिम्मा पाएको एमालेले के के गरेको जवाफ खोज्नुपर्ने उनको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाण्डु महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘यो पाँँच वर्षमा एमालेले के के ग¥यो ? यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’

कांग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्को चुनावमा कांग्रेसले यो यो ग¥यो भनेर जवाफ दिनुपर्ने बताए ।