करीब ६१५ किलो ९३ ग्राम गाँजासहित १ जना पक्राउ

करीब ६१५ किलो ९३ ग्राम गाँजासहित १ जना पक्राउ


सिन्धुली – प्रहरीले करीब ६१५ किलो ९३ ग्राम गाँजासहित सिन्धुलीबाट १ जनालाई पक्राउ गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट अवैध लागूऔषध गाँजा करीब ६१५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका–६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीस्थित गोठमा गाँजा लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलीले गोठको तलासी गर्दा गाँजा फेला पारी उनलाई पक्राउ गरेको छ ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।