काठमाण्डु– प्रहरीले ८ सय २ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
प्रहरीले शनिबार सप्तरी बलान बिहुल गाउँपालिका– १ बलानपट्टीस्थित खेतबाट करिब ६ सय ७० किलो र पर्सा, वीरगंज महानगरपालिका–२४ बहुअरीबाट १ सय ३२ किलो गाँजा बरामद गरेको हो ।
प्रहरी चौकी मौवहाबाट खटिएको प्रहरीले परालभित्र प्लाष्टिकको २४ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
यता जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बहुअरीमा रोकी राखेको बिआर ०१ जिएल ३९२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया