एक हजार ६३६ किलो गाँजा बरामद

एक हजार ६३६ किलो गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले एक हजार ६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माइजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गङ्गा बहादुर बस्नेत रहेका छन् ।

इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनी ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले जाँच गरेको थियो ।

जाँचका क्रममा ५७ बोरा गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ८७ हजार ८८० रुपैयाँ नगद र ५ वटा मोबाइल सेट पनि बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

पक्राउ परेका व्यक्ति, गाँजा र ट्रक आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।