सन्दीपले होबार्टबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने

सन्दीपले होबार्टबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने


काठमाडौं। नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग –बीबीएल) खेल्ने भएका छन् । बिहीवार होबार्टले नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको बताएको छ ।

सन्दीपलाई होबार्टले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए ।

बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ ।