शुक्रबारदेखि स्कोलर्स बास्केट बल

शुक्रबारदेखि स्कोलर्स बास्केट बल


काठमाण्डु – स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केट बल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २८ र गल्र्समा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजको नकआउट तथा गल्र्सको लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ ।

ब्वाइजमा पहिलो हुनेले ७ हजार तथा दोस्रोले ४ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दीप बराइलीले जानकारी दिए । गल्र्समा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ५ र ३ हजार नगद पुरस्कार जित्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुइदिने प्रतियोगिताका खेलहरु सामाखशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पण्डित, सञ्चालकहरु चुडामणि शर्मा, रमेश सुवेदी, हरिप्रसाद पाण्डेलगायतको उपस्थिति थियो ।