यूएईसँगको सेमिफाइनल घरमै बसेर हेर्न क्यानको आग्रह

यूएईसँगको सेमिफाइनल घरमै बसेर हेर्न क्यानको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलमा दर्शक नअट‍्ने भएपछि घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

भोलिको खेलका लागि क्यानले ३५ सय मात्रै टिकट बिक्री हुने जानकारी दिएको छ। भोलि शुक्रबार नेपाल र यूएईबीच मुलपानी क्रिकेट मैदानमा सेमिफाइनल खेल हुँदैछ।

यस्तै टिकट भने आईएमई पे बाट लिन सकिनेछ। ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै बसेर खेल हेर्न क्यानले आग्रह गरेको छ। यस्तै क्रिकेटसँग सम्बन्धित अतिथिलाई समेत पास वितरण नगरिएकाले घरमै बसेर खेल हेर्न भनिएको छ।

नेपाल र यूएईबीचको खेल भोलि बिहान ११ बजे सुरु हुनेछ । यो खेल जितेमा नेपालले अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ।