काठमाण्डु – कोपा अमेरिका फुटबलको फाइनलमा सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच भिडन्त हुने भएको छ । यो खेल सोमबार बिहान पौने ६ बजे फ्लोरिडाको मियामी गार्डेन्समा रहेको हार्ड रक स्टेडियममा शुरु हुनेछ ।
सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै उपाधि नजिकै पुगेका हुन् । यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो ।
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र कोलम्बियाबीच ४३ पटक भेट भएको छ । जसमा अर्जेन्टिनाले २६ र कोलम्बियाले ९ खेल जितेको छ । यस्तै ८ खेल बराबरीमा सकिएको छ ।
अर्जेन्टिना कोपा अमेरिका फुटबलमा सबैभन्दा सफल टिममध्ये एक हो । अर्जेन्टिनाले अहिलेसम्म १५ पटक उपाधि जितेको छ । यस्तै उरुग्वे पनि त्यति नै पटक विजेता बनेको छ । कोलम्बियाले भने सन् २००१ मा उपाधि जितेको थियो ।
प्रतिक्रिया