काठमाण्डु – साफ महिला च्याम्पियनशिपको फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेश विरुद्धको फाइनलका लागि सुरुवाती ११ सार्वजनिक गरेका छन् । भारत विरुद्धको खेलबाट नेपाली टोलीमा एक खेलाडी परिवर्तन भएका छन् ।
नेपाली टोलीको फरवार्ड रेखा पौडेलको स्थानमा सरु लिम्बु आएकी छन् । महिला फूटबल नेपाली टोलीले १२औं फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको छ । महिला टोलीमाथि यसपटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ ।
नेपालका लागि एञ्जिला तुम्बाप्पो सुब्बा, पुजा राना, विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्ब, सावित्रा भण्डारी, गिता राना, प्रिती राई, सविता रानामगर, अमिषा कार्की खेल्ने भएका छन् ।
प्रतिक्रिया