नवौँ राष्ट्रिय खेलकुद : धनुषाको एकै पालिकाबाट १५ जना छनोट

नवौँ राष्ट्रिय खेलकुद : धनुषाको एकै पालिकाबाट १५ जना छनोट


धनुषा – धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् ।

छनोट भएकामध्ये १४ हक्कीेका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले जानकारी दिए । पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए । ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन् ।

हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय छन् । त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह छन् ।

त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोट भएका छन् । आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरु निकै खुसी भएकोे मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन् ।

आज बिहान खेलाडीलाई बिदाइ गर्दै खेलाडी र खेलकुदको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियोे । हिमालय युवा क्लबका पूर्व अध्यक्ष महतोले भनिन्, ‘यहाँ धेरै क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टन, कबड्डी, कराँतेलगायत खेल खेल्ने खेलाडी धेरै छन् तर व्यवस्थापन र प्रशिक्षकको अभावका कारण ती खेलका खेलाडी खासै फस्टाउन सकेको छैन ।’

उनले प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदमा ध्यान दिए यहाँबाट विभिन्न खेलमा दर्जनौँ खेलाडी उत्पादन गर्न सकिने बताइन् ।