काठमाडौं– पोखरास्थित गण्डकी बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरुको संगठनले बर्दियामा बाढिपिडीतलाई राहत वितरण गरेको छ । संघकी अध्यक्ष रेखा शाह कार्कीको नेतृत्वमा खटिएको संघको टोलीले बर्दिया नगरपालिकाको गुलरीया नगरपालिका वडा नम्वर १ का बाडिपिडीतलाई राहत सामाग्री वितरण गरेको हो ।
संघले बाढिपिडीत ५३ परिवारलाई चामल,दाल,तेल,नुन र ब्यालेन्केटलगागतका सामाग्री वितरण गरेको जनाएको छ । संघकी अध्यक्ष कार्कीकाअनुसार जिल्ला प्रशासन कार्यालय बर्दिया र गुलरीया नगरपालिकाको वडानम्बर १ का वडाअध्यक्षसंगको समन्वयमा राहत वितरण भएको हो ।
प्रतिक्रिया