छनाेट भयाे गण्डकी प्रदेशको लोगो, विनितले पाउने भए २५ हजार पुरस्कार

छनाेट भयाे गण्डकी प्रदेशको लोगो, विनितले पाउने भए २५ हजार पुरस्कार


पोखरा– गोरखाका विनित रानामगरले तयार गरेको गण्डकी प्रदेश सरकारको प्रतिक चिन्ह (लोगो) छनाेट भएको छ । प्रदेश लोगो तथा पोशाक सिफारिस समितिको  बैठकले रानाले बनाएकाे लोगोलाई सर्वोत्कृष्टसहित छनाेट गरेको हो ।

समितिले प्रदेशको लोगो निर्माणका लागि गएको साउन २१ गते  सार्वजनिक सूचना जारी गरिएअनूरुप प्राप्त लोगोमध्ये उत्कृष्ट एक छनौट गरिएको समितिका संयोजक मायानाथ अधिकारीले बताए ।

प्रतिस्पर्धामा सफल निवेदक रानामगर सहित ५ जनाको विभिन्न १२ वटा लोगो समितिलाई प्राप्त भएका थिए । उत्कृष्ट लोगो घोषित भएका रानामगरले २५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन्।