काठमाण्डु – भारत सरकारको आर्थिक सहयोग अन्तर्गत भोजपुरकाे षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावास काठमाण्डुका नियोग उप–प्रमुख नामग्य सी खम्पाले अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्नेछ ।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरेका थिए ।नामग्य सी.खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् ।
‘नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपालको सामाजिक आर्थिक विकास र विशेष गरी स्वास्थ्य पूर्वाधारको विकासका लागि नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले पु¥याउदै आएको निरन्तर सहयोगलाई प्रतिबद्धछ,’ उनले भनिन् ।
प्रतिक्रिया