रोस्टममा प्रधानमन्त्री बोलिरहेको समयमा ज्ञानेन्द्र शाहीले गरे उभिएरै विरोध

रोस्टममा प्रधानमन्त्री बोलिरहेको समयमा ज्ञानेन्द्र शाहीले गरे उभिएरै विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले रोस्टमबाट राजालाई अपमानित र घोच्ने शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शहीले प्रधानमन्त्रीले रोस्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोलेको शब्दलाई रेकर्डबाट हटाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीज्यूले बोल्दैगर्दा संसदको नियमावली २०७९ को नियम २१ को होच्याउने, असंसदीय भाषा प्रयोग गर्नुभयो ।एयरपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो ।’


ओलीले बोलेको कुरा रेकर्डबाट हटाउन समेत उनले माग गरे ।

‘संसदको नियमावलीकाके नियम २६ को र अर्को नियम २१ को उपनियम ‘घ’ मा कसैलाई अपमानित गर्ने शब्द र कसैलाई घोच्ने शब्द प्रधानमन्त्रीले रोस्टमबाट २५ गतेको राजाको स्वागतलाई कथित भनेर बोल्नु भएको छ यो रेकर्डबाट हटाइयोस्। ’ उनले भने ।

साथै उनले प्रधानमन्त्री बोलिरहेको समयमा उभिएरै विरोध गरेका थिए ।