संस्कृत पढ्नाले कोलेस्ट्रोल र मधुमेह नियन्त्रण हुन्छः बीजेपी सांसद

संस्कृत पढ्नाले कोलेस्ट्रोल र मधुमेह नियन्त्रण हुन्छः बीजेपी सांसद


नयाँ दिल्ली – सामान्य रुपमा संसदमा गम्भीर विषयमा छलफल हुने गर्छ । तर कहिलेकाहीँ सांसद केही यस्ता विषयमा बयान दिन्छन् जुन देशका मानिसका लागि हाँसोको मुद्धा बन्न जान्छ ।

चाहे त्यो वित्त मन्त्री निर्मला सीतारमणले प्याजको बढ्दो मूल्यको विषयमा दिएको जानकारी होस् वा सांसद विरेन्द्र सिंहले अटोमोबाइलको क्षेत्रमा आएको मन्दीलाई ट्राफिक जाम घट्ने विषयमा होस् ।

यस्तै बयानमा सांसद गणेश सिंहको एक बयान पनि समावेश छ । उनको बयानमाथि मानिस मिडियामा मज्जाले हासोमा उडाइरहेका छन् । विषय हो लोकसभामा संस्कृत विश्वविद्यालय विद्येयक २०१९ माथि चर्चा हुनु ।

उनले संस्कृत बोल्नाले हामीहरुको स्नायु प्रणाली राम्रो हुने र मधुमेह तथा कोलेस्ट्रोल समस्या नहुने बताएका हुन् । उनले विश्वको ९७ प्रतिशत भाषा संस्कृतबाट उत्पन्न भएको पनि बताए ।

नासाको शोधमा यदी कम्प्युटर प्रोग्रमिङ संस्कृतमा गरियो भने यसमा कुनै समस्या नआउने देखिएको समेत उनले बताए ।