बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट

बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट


काठमाडौँ– तारकेश्वर–१० बालाजुमा दुई विद्यालयका विद्यार्थीबीच ग्याङ फाइट भएको छ । घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् । उनीहरुले आफूले चिनेको एक जना भाइलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट अंग्रेजी विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई कुटपिट गरेका थिए ।

घाइते एक जना विद्यार्थीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य डिस्चार्ज भएका छन् । पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।