२० वर्षीया युवतीलाई अपहरण गरी,रातभरी सामुहिक बलात्कार

२० वर्षीया युवतीलाई अपहरण गरी,रातभरी सामुहिक बलात्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ – सप्तरीमा २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ। रक्षाबन्धनको दिन सप्तरीको अर्नाहामा लागेको मेला हेर्न गएको बेला २० वर्षीया युवतीलाई ६ युवाले सामुहिक बलात्कार गरेका हुन्।

मेलाबाट साथी कमलेशको साईकलमा आइतबार राती घर फर्कंदै गर्दा कठौना नजिक रोकेर ६ युवाले ती युवतीलाई नियन्त्रणमा लिएर रातभरी बलात्कार गरेका हुन्।

त्यसक्रममा उनीहरुले युवतीका साथीलाई कुटपिट समेत गरेका छन्। युवतीलाई नियन्त्रणमा लिएपछि आफूले प्रहरी कठौनामा गएर घटना विवरण सुनाए पनि प्रहरीले सुनुवाई नगरेको कमलेशको भनाई छ।

बलात्कारपछि आफूलाई बिहान पाँच बजेमात्र छाडिएको पीडित युवतीले बताइन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।