काठमाण्डु – नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको दुव्र्यवहार प्रति आपत्ति जनाएकी छन ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् चौधरीले लोकतन्त्रमा के फरक बिचार राख्न पाइँदैन ? भन्दै प्रश्न गरेकी हुन् । समिति बैठकमा एमाले नेता माधवकुमार नेपालले आक्रोशित हुँदै सांसद रानालाई ‘प्रतिगमनको मतियार, राजीनामा दिएर बाहिर निस्किनुस’ भनेका थिए ।
‘लोकतन्त्र भनेको के हो ? म लोकतन्त्रको परिभाषा खोज्दैछु, लोकतन्त्र भनेको के बोल्न नपाउने होर । फरक बिचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बाराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ?, त्यहाँ त सबैको एउटै हैसियत हैन र ? उनले प्रश्न गर्दै भनिन् ।
साथै उनले १० गते समितिभित्र भएको घटनाले समस्त थारु समुदायको अपमान भएको बताइन् । उनले अगाडि भनिन, ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ । यो घटनालाई थारु समुदायको अपमान भएको रुपमा लिन सकिन्छ । आगामी दिनमा यस्ता घटना थारु समुदायलाई स्वीकार्य हुने छैन ।
प्रतिक्रिया