गार्डियन लाइफ इन्स्योरेन्सले पायाे आईपीओ जारी गर्ने अनुमति

गार्डियन लाइफ इन्स्योरेन्सले पायाे आईपीओ जारी गर्ने अनुमति


काठमाण्डु– गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको  अनुमति  पाएको छ । आइतबार धितोपत्र बोर्डले उक्त कम्पनीलाई  आईपीओ निष्कासनको स्वीकृती  दिएको हो ।

उक्त कम्पनीले ७५ लाख कित्ता सेयर अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन गर्न पाउनेछ । जसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ७० प्रतिशत संस्थापक समूहको रहनेछ ।

माइक्रो इन्स्योरेन्स कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नैपर्ने व्यवस्था छ ।