काठमाण्डु– नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्यास लिक भएर सकिएको जानकारी दिएको छ ।
च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो बुलेटमा ग्यास लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ ।
निगमले उक्त ग्यास बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन आग्रह गरेको छ ।
सो ग्यास बुलेट भ्याली अटो ग्यास प्रालिमा रहेको अवस्थामा बगाएको जानकारी दिएको छ ।
शनिबार बिहान सो ग्यास बुलेटलाई बाढीले बगाएपछि ग्यास चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीहरू त्रसित बनेका थिए ।
प्रतिक्रिया