काठमाण्डु – सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ । यस्तो व्यवस्था चाँडै गर्ने सरकारको तयारी छ ।
नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ । यसका लागि समिति समेत गठन गरिएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले सोमबार पत्रकार सम्मेलन गर्दै यसका लागि ग्यासको गन्ध र सिलिन्डरका रंग फेर्ने तयारि भइरहेको बताए ।
‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौं’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढे पनि तत्काल नेपालमा भने मूल्य बढाउने तयारी नरहेको उनले बताए ।
प्रतिक्रिया