न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासन विपरीत : सत्ता गठबन्धन

न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासन विपरीत : सत्ता गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेपछि भइरहेको प्रदर्शनलाई लक्षित गर्दै सत्तारुढ गठबन्धनले न्यायालयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विविधको शासन विपरीत भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार बालुवाटारमा बसेको गठबन्धन बैठकले रास्वपा नेता–कार्यकर्ताले प्रदर्शनका नाममा लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास गरेको ठहर गरेको छ ।

बैठकमा सरकार गठनको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ । बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले भने, ‘बैठकमा नेपालका प्रमुख राजनीतिक दलहरू एमाले र कांग्रेसले विगतमा गरेको ७ बुँदे सहमति र न्यूनतम कार्यक्रमका आधारमा सरकारको समीक्षा गरेका छौं । आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको छ ।’

बैठकपछि सत्तारुढ ७ दलले संयुक्त वक्तव्य जारी गरेका छन् । वक्तव्यमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

यस्तो छ वक्तव्य –