दुबै डोज खोप लगाएकी गौरिका सिंहलाई कोरोना संक्रमण

दुबै डोज खोप लगाएकी गौरिका सिंहलाई कोरोना संक्रमण


काठमाण्डु – पौडीबाज गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । नेपालका लागि दुईपटक ओलम्पिक खेलिसकेकी गौरिकाले सामाजिक सन्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।

उनले आफूले कोरोनाको दुवै डोज खोप लगाए पनि संक्रमित भएको र १० दिनयता आइसोलेसनमा रहेको जानकारी गराएकी छन् । गौरिकाका अनुसार उनलाई कोरोना संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।

संक्रमितको सम्पर्कमा रहेकाले परीक्षण गर्दा आफूलाई पनि पोजेटिभ देखाएको उनको भनाइ छ । गौरिकाले लक्षण नदेखिए पनि नियमित परीक्षण गर्न र मास्क लगाउन पनि सुझाव दिएकी छिन् ।