निर्माणाधीन गौतम बुद्ध विमानस्थलको रनवे पिच गर्न सुरु

निर्माणाधीन गौतम बुद्ध विमानस्थलको रनवे पिच गर्न सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले मंगलबार निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे पिचको उद्घाटन गरेका छन् ।

अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश काम अन्तिम चरणमा पुगेको र पछिल्लो समय कामले राम्रो गति लिएको भन्दै उनले तोकिएकै समयमा विमानस्थल बन्ने दाबी गरे । अहिलेसम्म पाँच वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम सम्पन्न भइसकेको छ । ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्रा्ष्ट्रिय टर्मिनल भवन लगायतको काम पनि अन्तिम चरणमा छ ।

तर, विमानस्थल निर्माण गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाई भइरहेको छ । पर्यटनमन्त्री अधिकारीले स्थानीयको भावनाअनुसारै यसै वर्ष ९ अर्ब मुआब्जा वितरण गर्ने आश्वासन समेत दिएका छन् ।

अबको ६ महिनाभित्र पिच सम्पन्न हुने मन्त्री अधिकारीको भनाइ छ। साथै गौतबुुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको कार्य सन् २०१९ अगस्ट सम्म सम्पन्न भई सञ्चालनमा आउने मन्त्री अधिकारीले बताए।