गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यान्वयनमा आयो आरएनपी–एआर प्रणाली

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यान्वयनमा आयो आरएनपी–एआर प्रणाली

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली कार्यान्वयनमा आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले तमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त गरेको पाइलट र जहाजलाई आजदेखि उडान र अवतरणको अनुमति दिने व्यवस्था गरेको जानकारी दिए ।

अहिलेसम्म विमानस्थलमा आँखाले हेरेरै उडान तथा अवतरण गर्नुपर्ने भएकाले करिब १८०० मिटरको भिजिबिलिटी चाहिन्थ्यो । अब आरएनपी–एआर प्रणाली अन्तर्गत उडान तथा अवतरण गर्न सानो जहाजका लागि ८०० र ठुला जहाजका लागि ९०० मिटरकै भिजिबिलिटी भए पुग्नेछ । आरएनपी–एआर प्रणालीका लागि छुट्टै अनुमति लिनु पर्ने प्रवक्ता भुलले जानकारी दिए ।

आरएनपीएआर अनुसार उडान तथा अवतरणका लागि विमानमा पूर्वाधार निर्माण गर्नुपर्नेछ भने पाइलटले तालिम लिएको हुनुपर्छ । प्राधिकरणले आजदेखि विमान तथा पाइलटलाई यस्तो अनुमति दिन थालिएको तथा पूर्ण कार्यान्वयनमा आउन केही समय लाग्ने जानकारी दिएको छ ।

अहिले कार्यान्वयनमा ल्याउन लागिएको प्रणालीलाई सामान्य बाहेक कुनै पनि खर्च नलागेको प्राधिकरणले जनाएको छ । स्याटेलाइटमा आधारित भएकोले यसमा ग्राउन्डमा कुनै पनि उपकरण जडान गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । भारतले आईएफआर सिस्टम जडान गर्ने अनुमति नदिएपछि प्राधिकरणले यो विकल्प कार्यान्वयनमा ल्याएको हो ।