गायब भए ओली–प्रचण्ड, बिहानैदेख निकटस्थहरु बेखबर

गायब भए ओली–प्रचण्ड, बिहानैदेख निकटस्थहरु बेखबर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहानैदेखि पार्टी एकताको विषय टुंग्याउने भन्दै गोप्य वार्तामा जुटेका छन् ।

 

उनीहरु कहां बैठक बसिरहेका छन् भन्ने समेत खुल्न सकेको छैन । प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने निधो गरेका ओली–प्रचण्ड खुमलटारमा नरहेको प्रचण्डका प्रेस सहयोगी मनोहरी तिमल्सिनाले बताए ।

 

उनका अनुसार प्रचण्ड ओलीसंगै छलफलमा रहेपनि ठांउ भने खुलाइएको छैन । ‘दुबै अध्यक्षबिच छलफल जारी छ उनले भने ‘तर कुन ठांउ हो मलाई जानकारी छैन’ ।

 

 

राजधानीभित्र कुनै अज्ञानस्थानमा बसेर पार्टी एकताका लागि सम्पूर्ण जिम्मेवारीहरुको बांडफांड गर्ने तयारी प्रचण्ड–ओलीको हुन सक्ने अनुमान गरिएको छ ।

 

विहानैदेखि ओली र प्रचण्ड कहां छन् सचिवालयका सदस्यहरुलाई समेत जानकारी नभएको एमालेका एक नेताले बताए । उनका अनुसार दुबै नेताका सुरक्षाकर्मीपनि उनीहरु रहेको स्थानबारे अनविज्ञ छन् ।