गाजाका ९३ प्रतिशत बैंक नष्ट

गाजाका ९३ प्रतिशत बैंक नष्ट


काठमाण्डु- गाजा पट्टीमा इजरायलले १५ महिनादेखि गरिरहेको आक्रमणका कारण यस क्षेत्रमा सञ्चालित झण्डै ९३ प्रतिशत बैंकहरू नष्ट भएको छ ।

विश्व बैंककोे एक प्रतिवेदनअनुसार युद्धले ८८ प्रतिशत लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र ८ प्रतिशत बीमा कम्पनी युद्धका कारण ध्वस्त भएको हो ।

विश्व बैंक र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको तथ्याङ्कअनुसार गाजामा ९४ वटा एटीएममध्ये अहिले तीन वटा मात्र सञ्चालनमा छन् । गाजाका प्यालेस्टिनीहरूले खाद्यान्न र औषधि लगायतका आधारभूत वस्तुहरू र सेवाहरू पाउन संघर्ष गरिरहेका समाचार संस्था एएफपीले जनाएको छ ।

बैंकिङ प्रणालीमा भइरहेको अवरोधहरूले निजी क्षेत्रको उत्पादन पुनः सुरु गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने काममा बाधा  पुर्‍याइरहेको छ ।

यसैबीच हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्व बैंक तयार रहेको बैंकका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

विश्व बैंकका अनुसार लेबनानमा हिजबुल्लाह–इजरायल द्वन्द्वबाट भएको भौतिक तथा आर्थिक क्षति आठ अर्ब ५० करोड अमेरिकी डलर रहेको अनुमान छ ।