काठमाण्डु-इजरायलले गाजामा गरिरहेको आक्रमणमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । इजरायलमा गएको वर्ष प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेपछि शुरु भएको आक्रमणमा मारिएका मध्ये ४४ प्रतिशत बालबालिका रहेका हुन् ।
१३ महिनाको युद्धमा गाजामा कम्तिमा १६ हजार सात सय ६५ जना बालबालिकाले ज्यान गुमाएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गाजामा अरु २० हजार भन्दा धेरै बालबालिका हराइरहेका छन् । औषतमा दैनिक ६७ जना बालबालिकले ज्यान गुमाइरहेको पाइएको छ ।
यस्तै मारिनेमध्ये महिला र बालबालिकाको सङ्ख्या ७० प्रतिशत रहेको राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर टुर्कले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गत मानव अधिकार सङ्गठनले गरेको अध्ययनको निष्कर्षमा इजरायलले महिला र बालबालिकामाथि निरन्तर आक्रमण गरिरहेको र त्यो मानवताविरुद्धको अपराध हुन सक्ने उल्लेख छ ।
इजरायलको आक्रमणमा परी अहिलेसम्म ४३ हजार चार सय ६९ जना प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया