काठमाण्डु- गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’को भिडियो सार्वजनिक भएको छ। गीतमा सञ्जयविक्रमको शब्द, महेश ज्ञवालीको संगीत, योगेशकाजी शाहको एरेन्ज तथा पार्श्व संगीत छ। आफ्नो मन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मनोज परियार हुन्।
भिडियोमा देव सरकार र करुणा श्रेष्ठको जोडदार अभिनय छ। भिडियोमा कर्ण कार्की भने विशेष भूमिकामा छन्। भिडियोमा एउटा प्रेमिल जोडीबीच प्रेम र शंकाको दोसाँधमा उनिएको कथा प्रस्तुत छ।
सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्यूजिक भिडियोमा जया शर्मा क्रिएटिभ डाइरेक्टर, उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, दिपेन गौतमको निर्माण व्यवस्थापन, माहि सिंहको हेयर एण्ड मेकअप छ। भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।
प्रतिक्रिया